दियाम बंशावली एवं ईतिहास डकुमेन्ट्री को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। यो डकुमेन्ट्री भिडियो चाडै युट्युब लगायत अन्य सामाजिक संजाल हरुमा समेत प्रकाशित गरिने छ। स्रोत अनुसार सम्भवत नेपालमै पहिलो पटक यो किसिमको डकुमेन्ट्री निर्माण र वेबसाइट को प्रकाशन हुन लागेको बताईएकोछ। यसभित्र बिशेष गरी किरात राई जाति भित्रको दियाम पाछा सम्बन्धि ईतिहास र बंशावलीका महत्वपुर्ण बिषय हरु समेटिएको छ।जुन करीब १७ बर्ष अघि प्रकाशित पुस्तक किरात राई बान्तवा दियाम पाछा बंशावली लाई आधार मानेर बनाइएको यस पुस्तकका लेखक एवं संकलक श्री मन्जित महत्था दियाम राई बताउनु हुञ्छ। उहाँ अगाडी भन्नुहुन्छ, धेरै पुराना दस्ताबेज एवं मिथक सहित यस जाति भित्र चलि आएको परम्पराहरुलाई पनि हामीले डकुमेन्ट्री भित्र समेट्ने कोशिश गरेका छौं। यसैगरी लोक भनाईहरु संग संगै वास्तविक पुर्ख्यौली थलो हरुमै गएर भिडियो शूटिंग गरिएको यस डकुमेन्ट्री का निर्देशक तथा क्यामेरामेन प्रविन महत्था दियाम राईले बताउनु भयो। ति विशेष स्थानहरुलाई क्यामेरामा कैद गर्नका लागि एउटा विशेष डकुमेन्ट्री टोलि ड्रोन र क्यामेरा सहित ति स्थानहरुमा पुगेको वहांले बताउनु भयो।यस्तै ड्रोन पाइलट रबिन महत्था दियाम राईका अनुसार यो एकदमै रोचक र नौलो किसिमको अनुभव भएको बताउनु हुञ्छ। शूटिंगको क्रममा भोजपुर जिल्लाको दियानातेन, होम्तांग, हतुवागढ़ी, घोरेटार लगायत उदयपुरको चौदण्डीगढी दरबार समेत पुगेको वहा बताउनु हुञ्छ भने ड्रोन उडाउदा समेत धेरै चुनौतिहरुको सामना गर्न परेको बताउनुहुञ्छ। यस्तै शूटिंग टोलि लाई खान बस्न र अन्य व्यवस्थापनका कुराहरुमा भने राम प्रसाद महत्था दियाम राई र टेक बहादुर महत्था दियाम राई द्वयले राम्रै जिम्मा सम्हालेको लेखक मन्जित महत्था दियाम राई बताउनु हुन्छ। टोलि लाई यात्रा व्यवस्थापन र अन्य प्राविधिक रुपमा भने गोविन्द महत्था दियाम राई, बिजय महत्था दियाम राई र कुशल लिम्बुले भरपुर साथ् दिनु भएको बताइएकोछ।साथै होम्तांग वडा नं ५ का अध्यक्ष श्री सुरेश कुमार महत्था दियाम राईद्वारा दियाम जाति भित्रका अग्रज हरुको भेला गराई उहाँहरु संग सोधपुछ र आफ्नो हकहितको लागि छलफल साथै योजना हरु पनि तयार गरिएको बताइएकोछ।अन्त्यमा, निवर्तमान सांसद, आदरणीय श्री धन हर्क राईज्यु साथै उहाँको सुपुत्रहरुलाई उहाँहरुको अमुल्य साथ् र सहयोग को लागि मुरी मुरी धन्यबाद ज्ञापन गर्दछौं।