किरात राई भित्रको बान्तावा महात्था दियाम पाछा समुहको उत्थान समिति गठन भएको छ।
किरात राई बान्तावा महात्था दियाम पाछा उत्थान समितिको प्रथम ऐतिहासिक भेलाबाट रविन राईको अध्यक्ष्तामा १३ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो।
स्तै उपाध्यक्षमा दिनेश राई,प्रकाश राई,सचिव टेक बहादुर राई,सहसचिव रहनजित राई कोषाध्यक्ष सीता राई,सह कोषाध्यक्ष धनबहादुर राई,सदस्य हरूमा सुवास राई,युकेश राई,शर्मिला राई,रोजन राई , मिना राई र जय कुमार राई चयन भएका हुन।
सुनसरी ,झापा,उदयपुर र भोजपुरमा छरिएर रहेका उक्त पाछाका परिवार सदस्यहरूको उपस्थितिमा सम्पन्न प्रथम ऐतिहासिक भेलाले उक्त समिति गठन गरेको हो।
सुनाहाङ्ग-दियानाहाङ का सन्तानहरूले थालेको यो अभियान स्वागत योग्य रहेको बताउदै "आफ्नो जातिको भाषा,धर्म,संस्कार ,संस्कृति को संरक्षण र सम्बर्द्धन का निम्ति सबै लागिपर्नुपर्ने "सम्पन्न ऐतिहासिक भेलाका प्रमुख अतिथि किरात राई वान्तावा खिम केन्द्र अध्यक्ष ज्ञान किराँती काम्दुङ ले बताएका थिए।
"सुनाहाङ्ग-दियानाहाङ हाम्रो पुर्खा हाम्रो सान"
"भाषा,धर्म,संस्कार ,संस्कृति ,संरक्षण र सम्बर्द्धन हाम्रो अभियान "लाई अात्मासाथ गर्दै बसेको भेलामा २०७० सालमा नै इतिहासको रूपमा आफ्नो वंशावली तयार गरि सार्वजनिक गरिसकेको संकलक तथा लेखक मानजित राईले जानकारी गराएका थिए।
लेखक राई आफु नवौ पुष्ता भएको वताउदै हाल तेह्रौ पुष्ता का दियाम राईहरू चलिरहेको उनले भने " अाजसम्मका १३ अौ पुस्ता वंशावली मा सुरक्षित छन वाँकि थप पुन: नयाँ पुस्ताले थप गर्दै लैजानेमा ढुक्क छु"।लेखक राईकानुसार "यश पाछा को पुर्णतःका निम्ति भिडियो डकुमेन्ट्री पनि यहि महिना भित्र तयार गरि सार्वजनिक हुनेछ, साथै डिजिटल पुस्तक पनि निर्माण गरिनेछ।"
सोमवार इटहरी स्थित होम्ताङ सरोकार समिति को सभाहलमा सम्पन्न भेलाको विशिष्ट अतिथिमा किराँत मुन्धुम अध्ययन केन्द्र उपाध्यक्ष विष्णु कुमार राई रहेका थिए भने अतिथिहरूमा होम्ताङ सरोकार समाजका कोषाध्यक्ष जय कुमारि राई,सरोकार समाज कै भवन निर्माण संयोजक जस बहादुर राई,भवन निर्माण संरक्षक रामकुमार राई लगायतको उपस्थिति रहेको थियो।
सोमबार र मंगलवार दुई दिने सम्पन्न भेलामा डियाम पाछाको थप विकास र निरन्तर विस्तार का लागि सल्लाहकार समिति स्वदेश मा राम प्रसाद राई,जनिलाल राई,रेखमान राई,पाण्डुमान राई सुरेश राई,निमा राई र सल्लाहकार विदेशका लागि बल बहादुर राई,प्रेम राई लाई राखिएको छ।
त्यस्तै संयोजक मा बेलायत बाट सन्जु राई र रूपेश राई, सिंगापुर का लागि शुक्र( अमृत) राई,ढिलुङ राई,सन्तोष राई रोमानिय,अमेरिका प्रताप राई मिकाक हाङ राई, कोरियाबाट ध्यान बहादुर राई ,गोविन्द राई,सुरेन राई छन।
बैदेशिक संयोजकमा जन राई र लाल कुमार राई छन।भने मुन्धुम संस्कार संस्कृति विभागमा सुमन राई,मनधोज राई,जगत बहादुर राई छन्।
भने आइटि तथा मिडिया विभाग संयोजक प्रविण राई र मिडिया विभाग,भ्लग तथा समाचार संप्रेषणमा विजयकुमार राईलाई राखिएको छ।
वंशावली अनुसार भोजपुर जिल्लाको हतुवागढि गाँउपालिका ३४,सुनसरी मोरङ र उदयपुर मा २७ र भारतमा ३ गरि जम्मा ६४ घर परिवार महात्था दियाम राई परिवारहरू रहेका छन।
रविन राईको सभाध्यक्षमा सम्पन्न सभामा टेक बहादुर राईले स्वागत मन्तव्य राखेका थिए भने रामकुमार राईले कार्यक्रम सन्चालन गरेका थिए।