दियाम वंशावली एवं ईतिहास

समर्पण !! आफ्नो ईतिहासलाई गौरबमय बनाउनुहुने सम्पूर्ण दियाम दाजुभाई दिदीबहिनिहरुको ससम्मान सम्झनामा, पुर्खाहरुले देखाएको गोरेटो पछ्याउदै अघि बढ्ने र दियाम बंशका बारेमा जान्न चाहने सम्पूर्ण पाठक वर्गमा!

ms history

इतिहास

साभार पुस्तक
"किराँत राई बान्तवा दियाम पाछा बंशावली" (वि. सं. २०७१ )
लेखक एवं संकलक
मन्जित महात्था दियाम राई 
१. किराँत राई बान्तवा जातिभित्र दियाम पाछाको संक्षिप्त परिचय

दियाम वंशावली

हामीले हाम्रो डाटाबेसमा किराँत राई दियाम परिवारका हजारौं सदस्यहरूको विवरण राखेका छौं।

कतै तपाई छुट्नुभयोकी ? कृपया तलको फारम भरेर पठाउनु होला , हामी समीक्षा गरेर हाम्रो डाटाबेसमा समाबेस गर्ने छौं।

नयाँ सूचना

हाम्रो विचार

image

प्रेम महात्था दियाम राई

पान्धारे, इटहरी, सुनसरी 
(हाल युके)

image

लाल कुमार महत्था दियाम राई

बयरबन, सुनसरी, नेपाल
(हाल डेनमार्क)
(५ चैत्र, २०८०)

image

नबिन महत्था दियाम राई

इटहरी, सुनसरी, नेपाल
( ३ चैत, २०८०)

image

मन्जित महत्था दियाम राई 

लेखक एवं संकलक 
बयरबन, सुनसरी, नेपाल
(वि. सं. २०७०)

image

धन हर्क राई

निवर्तमान सांसद, ए मा ले,
होम्तांग 7, गुर्धुम, भोजपुर 
(वि. सं. २०७०)

यस महात्था बंशावली तयार गर्नका लागि आदरणिय मानजित दाईको बिशेष ठूलो योगदान र अथक प्रयास रहेको छ। यसरी एउटा एैतिहासिक काम सम्पन्न भएको छ। यसको लागि जो महात्था दियामहरुले बंशावाली तयार गर्नमा सहकार्य गर्नु भएको छ , सबैलाई हृदयबाट धन्यबाद भन्न चाहन्छु। यो बंशावलीले हामीलाई सांस्कृतिक, सामाजिक रुपमा अझ नजिक बनाएको छ र भाबी सन्ततिहरुले आफ्नो बंश केलाउन धेरै सजिलो भएको छ ।अब संसारभरी छरिएर रहेका दियामहरुले हाम्रो मौलिकता रितिरिवाजहरु र जन्म देखि मरण सम्मको जस्ताको तेस्तै समेटेर लैजानु पर्छ । अन्तमा सबै दियामहरुले सामाजिक शैक्षिक, सांस्कृतिक , राजनितिक र आर्थिक रुपमा अगाडि बढ्नु पर्छ भन्न चाहन्छु । धन्यबाद, जय दियाम बंशावली!
हाम्रो आदरणीय देवा मन्जित राईज्युको प्रकाशित पुस्तकलाई एउटा अमुल्य उपहार मानेर अब एउटा राम्रो कामको शुरुवात भएको छ। जस अनुसार हाम्रो आफ्नो आधिकारिक वेबसाइट र डकुमेन्ट्री भिडियो निर्माण सम्बन्धि शुरुमा हामि दाजुभाइहरु प्रविन, संजु र म मिलेर छलफल गर्यौं। त्यसपछि भाई प्रविन डकुमेन्ट्री शुटिंगको लागि नेपाल जाने भएपछी अब आर्थिक सहयोग संकलन गर्न राम्रो ठानेर अरु दाजुभाई, दिदि बहिनिहरुलाई पनि फेसबुक ग्रुपमा जोडेर यो कार्य शुरु गरियो। अहिलेसम्म आइपुग्दा हामि एकदमै उत्साहित भएका छौं। किनकि सबै दाजुभाइ दिदि बहिनिहरुले आआफ्नो तर्फ़बाट सकेको सहयोग गर्नुभएको छ। प्रोजेक्टको कामहरु पनि अगाडी बढ्दैछ। अगाडी भविष्यमा अझ मजबुत रुपमा काम गर्न महत्था दियाम पाछा उत्थान समिति पनि स्थापना गरिएको छ। जसले हाम्रो साझा विधान अनुरुप महत्था दियाम पाछाको भलाइको लागि कार्य गर्दै नै जानेछ। हामि सबै मिलेर साझा सहमतिमा हाम्रो समुदायको उत्थानको कार्यलाई निरन्तरता दिंदै जानेछौं भन्नेमा म ढुक्क छु। जय दियाम वंशावली!
हाम्रो आदरणीय एवं पुजनीय आपा श्री मन्जित राईज्युले गर्नु भएको यो अभूतपूर्व, सह्राहनीय साथै प्रेरणादायी कार्य हो। यो कार्यले अब आउँदो युगौं युगको लागि हाम्रो एउटा पहिचान, माझ किरांत राई बान्तवा भित्रको दियाम पाछाको बंशावालिको दस्तावेज, भूगोल अनि पुर्ख्यौली बंशावालिको खोजी गरी हाम्रो नव युवाहरु लगायत सम्पूर्ण दियाम परिवार, दाजुभाई साथै चेलीबेटीहरु माझ पुर्याउनु भएकोले वहाँलाई मुरी मुरी धन्यबाद ज्ञापन गर्दछु। 
यो बंशावली तयारीका लागि वि. सं.२०६० सालदेखि ११ बर्षसम्म निरन्तर प्रयास रह्यो। ११ बर्षे प्रयासले प्रकाशित यस बन्शावालिले सम्पूर्ण दियाम पाछा हरुलाई आफ्नो पुस्ता बंश भंगालो पहिचानका लागि भविष्यमा ठुलो टेवा पुग्नेछन भन्ने ठुलो आशा लिएको छु। 
यो बंशावली तयार गर्ने क्रममा मिथकसहित बंश सम्बन्धि तथ्यहरु र बंश विवरण संकलनका लागि मेरो बुबा स्व. रहनलाल महत्था दियाम र ममतामयी माता स्व. जहानमाया पाङ्ग्वेन मझिया द्वयबाट ठुलो प्रेरणा र सहयोग मिलेको हो। उहाँहरुको सन्तति जेठा छोराबुहारी म मन्जित दियाम राई, बुहारीहरू बिरीम कुमारी (जेठी) र रत्न कुमारी (कान्छी), तथा नातिहरु जेठा रबिन (कान्छीतर्फ़), माइला नाति नविन (जेठी तर्फ़), साईला गोविन (कान्छीतर्फ़), नातिनी सकु राई थापा (कान्छीतर्फ़), कान्छा नाति प्रविन (जेठीतर्फ़), यसैगरी माइला छोरा हाङ्ग्जित दियाम राई, बुहारी मनकुमारी दियाम राई, नातिहरु जेठा प्रताप, माइला टेक बहादुर, कान्छा लाल कुमार दियाम, कान्छा छोरा प्रेम दियाम राई, बुहारी राम कुमारी राई, नातिहरु जेठा संजु, माइला अन्जु, कान्छा मन्जु दियाम राई, जेठी छोरी नारायण्मोती राई, उहाँको छोराहरु जेठा शान्तकुमार, कान्छा सन्तोष कुमार सहित, पाँच नातिनीहरू तथा नातिनिबुहारीहरु,नातिनी ज्वाईंहरु लगायत सम्पूर्ण आफन्तजन श्रद्धेय बुबा आमाप्रति सदस्य भाबपुर्ण श्रद्धान्जली प्रकट गर्दै उहाँहरुको बंश र आफ्नो सन्तानप्रतिको योगदानको उच्च सम्मान गर्दछौ। 
माझ किरात भोजपुरको बान्तवा राई मध्ये दियाम पाछा राइहरुको बंशावली आदरणीय दाजु मन्जित राई द्वारा धेरै मेहेनत साथ् खोजबिन गरि लिपिबद्ध गरिएको दस्ताबेज किरात राईहरुको लागि प्रशंसनीय कार्य ठानेको छु। किरात राई भित्रका दियाम पाछाका थुप्रै उप पाछा हरुको समेत पहिचान गर्ने र आफ्नो उदगम स्थल हालको होम्तांग ८ गुर्धुम देखि आफ्नो कर्मको गन्तब्य थलोसम्म पुग्ने क्रममा हालसम्म दियाम पाछाहरु देशभित्र र देश बाहिर गरि कहाँ कहाँ बसोबास गर्दै आउनुभएको रहेछ भन्ने कुराको पहिचान समेत दस्ताबेजले दिन खोजेको छ। बंशावली लेख्नु आफैंमा महत्वपुर्ण कार्य हो। त्यसभित्र कुन कुन मापदण्ड र कार्य क्षेत्र हरु समेटिनु पर्छ भन्ने कुरा एक ठाउँमा छुट्टै होला तथापि दाजुले दियाम पाछा भित्र आफैं परेका कारण त्यसमा गहिरो अभिरुची राखी बंशावली तयार गर्ने प्रयासले दियाम पाछाहरुको बारेमा पूर्णता प्राप्त गरी यसले ठोस टेवा प्रदान गर्न सक्नेछ भन्ने आशा र बिश्वास लिदैं बंशावली तयारीको पूर्ण सफलताको कामना गर्दछु।